सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमल शाह


२०७९ पौष २० बुधबार १५:१३ बजे

धनगढी । सुदूरपश्चिम प्रदेश सभा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् ।

तीन दिनदेखि सहमति हुन नसकेको संसदीय दलको नेताका लागि बुधबार सहमति जुटेको हो । यसअघि कैलाली निर्वाचन क्षेत्र ५ (२) बाट प्रदेश सभा सदस्य जितेका प्रकाश देउवा संसदीय दलको नेताका लागि चुनाव गर्नुपर्ने पक्षमा देखिएका थिए भने सिनियर नेता भएकाले आफूले हुनुपर्ने माग कञ्चनपुर २ (२) बाट जितेका बहादुर सिंह थापाको थियो ।

कांग्रेस संसदीय दलका लागि यी दुई मात्रै होइन, कमलबहादुर शाह, दिवानसिंह विष्ट, मानबहादुर रावल, मेघराज खडकाको पनि दाबी थियो । मंगलबारसम्म सहमति हुन नसकेपछि, कांग्रेसका प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

उक्त निर्वाचन समितिले बुधबार दिउसो २ः३० बजेसम्म संसदीय दलको नेताका लागि दरखास्त आह्वान गरेको थियो । तर, निर्वाचन गराउँदा राम्रो सन्देश नजाने भन्दै अन्तिम समयमा नेताहरुबीच कमल बहादुर शाहका लागि सहमति भएको निर्वाचन समितिका सदस्य सुरत रावतले जानकारी दिए ।

संसदीय दलका दुबै उम्मेदवार, बहादुर सिंह थापाको प्रस्ताव र प्रकाश बहादुर देउवाको समर्थनमा एक मात्र दरखास्त परेकाले शाह संसदीय दलको नेतामा चयन भएका निर्वाचन समिति सदस्य रावतले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७