प्रधानमन्त्रीको भारत भ्रमणबारे आज परराष्ट्र मन्त्रालयले ब्रिफिङ गर्ने


२०८३ मङ्सिर ४ शुक्रबार ०७:४६ बजे
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भएको छ ।

भ्रमणको एजेन्डा, प्रधानमन्त्रीले प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा तथा भ्रमणमा सहभागी हुने टोलीबारे मन्त्रालयले जानकारी दिन लागेको हो । परराष्ट्र मन्त्रालयले आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ आयोजना गर्ने जनाएको छ ।

प्रधानमन्त्री शाह आगामी ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा उठाइने विषय, दुई देशबीचको छलफलका एजेन्डा तथा भ्रमण टोलीको संरचनाबारे पत्रकार सम्मेलनमा जानकारी गराइने अपेक्षा गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७