काठमाडौं २९ चैत: संगीतमा यस्तो गर्नुपर्छ र त्यस्तो हुनुपर्छ भन्ने निश्चित नियम हुँदैनन् । जहाँ सम्म मैले मेरो गुरुबाट सिकेको छु, गला गायनको लागि महत्त्वपूर्ण होइन । गला एक प्रारम्भिक मेसिन हो । सबैसँग गला हुन्छ । त्यसैले मेरो स्वर यस्तो छ र यस्तो हुनुपर्ने थियो भनेर सोच्नु होइन । स्वर सुधार्न निरन्तर अभ्यास गर्ने हो ।
[caption id="attachment_44141" align="aligncenter" width="768"] भारतीय गायक अरिजित सिंह[/caption]
मेरो विचारमा तपाईले सबैभन्दा पहिले गुरु नाउँनुपर्छ । त्यसपछि उहाँहरूलाई निरन्तर फलो गर्नुपर्छ । जसरी तपाई जित्नको लागि म्याराथनमा कुद्नुहुन्छ, त्यसरी नै लक्ष लिएर संगीतकर्म अघि बढाउनुहोस् । कहाँ तपाईले सास लिने, कसरी अवरोध चिर्ने, यो र यस्ता कुरामा ध्यान पुर्याउनुहोस् ।
हामी धेरै चिन्ता गर्छौँ यो खान हुन्न, यो गाउन हुन्न । तर, गलालाई त्यति धेरै दबाब दिने पनि होइन कि गला बसोस् । यदि गला बसेकै भने पनि तपाईले गाउन सक्नुहुन्छ । यदि तपाईको गीत मनबाटै आएको छ भने पनि त्यसले फरक फ्लेबर दिन्छ । त्यसैले तपाई ठिक अवस्थामा भए पनि गीत गाउन छाड्नुहुन्न । कहिलेकाहीँ गीत रेकर्ड गर्दा वा स्टेजमा आउँदा मेरो पनि गला टुट्ने गर्थ्यो । रेकर्डिङ र स्टेजमा गाउनुअघिको चिन्ताले गर्दा यस्तो हुने गरेको थियो । यस्तो धेरै गायक-गायिका हुनसक्छ । तर, तपाईले यस्ता कुरामा चिन्ता लिने होइन गाउनेबाहेक अरू केही नसोच्नुस् ।
चिन्ता गर्ने भन्दा पनि गलाको जे-जस्तो छ त्यसमा ध्यान दिएर आफ्नो गुरुसँग सिकेका कुरालाई राम्ररी प्रस्तुत गर्ने होे । त्यसैले मेरो सुझाव छ-आफ्नो शरीर, स्वर र गलाका विषयमा सोच्ने होइन, केवल गाउने विषयमा सोच्ने हो र मनैदेखि गाउने हो ।