कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता
पाल्पा । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीयस्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा चढेका ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन् । र्याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको उनले बताएका छन् ।
रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारीबीच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा सात जना रहेकोमा डुंगा चालकले एक जनाको उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् ।
तल्लो तटीय क्षेत्रमा सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको र माथिल्लो क्षेत्रमा रानीमहलतर्फबाट प्रहरी परिचालन गरिएको छ ।