माछापुच्छ्रेमा कांग्रेसका गुरुङ विजयी


२०७९ जेठ २ सोमबार १६:२९ बजे

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

नौ वडा रहेको गाउँपालिकामा कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र) ले वडा नं ७ र एमालेले वडा नं ६ मा विजयी भएको छ । गाउँपालिकाको वडा नं १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिश्चन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारदप्रसाद पौडेल, वडा नं ६ मा एमालेका टेकनाथ गौतम, वडा नं ७ मा माओवादी (केन्द्र)का वैकुण्ठ भण्डारी, वडा नं ८ मा कांग्रेसका राम गुरुङ र वडा नं ९ मा हरिबहादुर क्षेत्री विजयी भएका छन् ।

विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित आठ वडा एमाले र एक वडा मात्र कांग्रेसले जितेको थियो । माछापुच्छ्रे गाउँपालिका नेकपा एमालेको किल्लाको रुपमा चिनिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७