सुशिला कार्कीको मन्त्रिपरिषदमा आकांक्षी : यस कारण विज्ञता मात्र पर्याप्त छैन


२०८२ भदौ ३१ मंगलबार १९:०६ बजे

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले केहि दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी छन् । हाल प्रधानमन्त्रीले मन्त्रीमण्डललाई पूर्णता दिन विभिन्न क्षेत्रका विषय विज्ञबारे छलफल गरिरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री स्रोतका अनुसार अहिले पीएचडी गरेका दलितदेखि जनजातिमा अति ख्यातिप्राप्त पाइलटसम्मका व्यक्तिहरूसँग छलफल भइरहेको छ । छलफलमा आएका व्यक्तिले इच्छा देखाएर खुसीसाथ मद्दत गर्न आए आफ्नो मन्त्रिमण्डलमा समेट्ने प्रधानमन्त्रीको भनाइ छ ।

उनले आफूले चुनावका सबै कुरा कानुन र नियम अनुसार होस् र त्यसरी गरिएको चुनावबाट राम्रो सरकार र संसद् बनोस् भन्ने चाहेको बताइन् । मन्त्रिमण्डलमा दलका मानिस भए निर्वाचनमा 'भजाउने' काम गर्नसक्जने जोखिमलाई मध्यनजर गर्दै हाल गैरराजनीतिक ज्यक्तिलाई मन्त्रिमण्डल समेट्ने प्रयास भइरहेको छ ।

यसअघि नियुक्त भएका मन्त्रीहरूमा पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन व्यवसायी र भ्रष्टाचारविरोधी अभियानमा लागेका ओमप्रकाश अर्याल छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७