उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई सवारी अनुमतिपत्र नचाहिने


२०७९ बैशाख ३० शुक्रबार १२:४९ बजे

काठमाडौं । निर्वाचन आयोगले मतदानको दिन आज (शुक्रबार) उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चार गृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्ने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७