राजेन्द्र खड्गीको मुद्दामा कोरिया प्रहरीले थाल्यो छानविन


२०७४ फाल्गुण १४ सोमबार ०९:४० बजे
काठमाण्डौं, १४ फागुन : चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसार–पसार मुद्दाको कोरिया प्रहरीले पनि अनुसन्धान तथा छानविन थालेको छ । स्रोतका अनुसार खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएपछि उनीहरुको विषयमा अनुसन्धान थालिएको जनाइएको छ । सोही आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ती दुई नागरिकको बारेमा कोरियन दूतावासमार्फत कोरिया प्रहरीलाई जानकारी गराएको थियो । दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित त्यहाँ पुगेको १२ जनाको टोलीमध्ये दुई जना मात्रै स्वदेश फर्किएको जानकारी गराएको थियो । खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए । सोही आधारमा खड्गीमाथि अनुसन्धान अघि बढेको थियो । गएको माघ २५ गते खड्गीलाई प्रहरीले काठमाण्डौं ठमेलबाट पक्राउ गरेको थियो । बयानका क्रममा खड्गीले आफूले युवालाई विदेश लगेको स्वीकारिसकेका छन् । यद्यपि, उनले त्यसो गर्नु अपराध भएको चाहिँ थाहा नभएको बताएका थिए । उनले कोरियन नागरिकसँगै नेपाली नागरिक नेत्रबहादुर रानाको समेत नाम लिएका छन् । सोही आधारमा प्रहरीले अहिले थप छानबिन अघि बढाएको छ । खड्गीलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर ७ दिनलाई म्याद थप गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७