सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट


१०:१७ बजे

सुर्खेत, २७ चैत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आंशिकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

‘बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्’, वडाध्यक्ष कार्कीले भने, ‘प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।’ सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७