मेस्सीको दुई गोलमा बार्सिलोनाको जित


०६:५१ बजे

काठमाडौं, २३ पुस । कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाए । १४औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-१ को अग्रता बनायो । ६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३-१ को अग्रता बनायो ।

९०औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि दोस्रो गोल गरे तर हार टार्न पर्याप्त भएन । यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ । पराजित बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७