बाढीले डाइर्भसन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


२०७७ असार २७ शनिबार १६:२५ बजे

चितवन, २७ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैंडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७