काठमाण्डौं, १४ माघ : संघीय संरचनामा पहिलो पटक गठन भएका प्रदेशसभाका अधिवेशनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
सोही अनुसार सात वटै प्रदेशसभाले अधिवेशन आह्वान गरिरहेका छन् । निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र अनिवार्य रुपमा अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सातमध्ये पाँच प्रदेशले अधिवेशन आह्वान गरिसकेका छन् ।
प्रदेश नम्बर–१ र ६ को अधिवेशन भने अझै अधिवेशन बोलाइएको छैन । संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्नेछन् । अन्त्यका लागि भने प्रदेश सरकारको सिफारिस आवश्यक पर्नेछ । प्रदेशसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र सरकार गठन हुनुपर्नेछ । यसकारण फागुन ५ भित्र सरकार गठन गरिसक्ने गरी अधिवेशन आह्वान गरिएका हुन् ।
कहिले कहाँको अधिवेशन हुँदैछ ?
प्रदेश–१ टुङ्खो नभएको
प्रदेश–२ मा माघ २१ गते
प्रदेश–३ मा माघ १८ गते
प्रदेश–४ मा माघ २२ गते
प्रदेश–५ मा माघ २१ गते
प्रदेश–६ टुङ्गो नभएको
प्रदेश– ७ मा माघ २१ गते