भारतीय अतिक्रमण विरुद्धको नेविसंघकाे प्रदर्शनमा प्रहरी हस्तक्षेपको कांग्रेसद्धारा भत्सर्ना
काठमाडौँ, २९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घले आज(सोमबार) काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको भत्सर्ना गरेको छ ।
https://youtu.be/BnINKDXPO68
प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दीपक भट्टराई, बलदेव तिम्सिना, डुजाङ शेर्पा र युवराज पाण्डेगायत १०० भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको काँग्रेसको जनाएको छ ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले तत्काल उनीहरुलाई रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्चस्तरीय कुटनीतिक पहलमार्फत गम्भीर बन्न सरकारलाई अपिल गरे ।
नेपाली भूमि हुँदै भारतले बनाएको सडकको विरोधमा प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले फरक फरक समूह बनाई नाराजुलुस गर्दै माइतीघरमा पुग्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले सरकारको उदासिनताकै कारण भारतले हस्तक्षेप बढाएको भन्दै सरकार विरोधी नारा लगाएका थिए ।
उनीहरूले प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन समेत गरे । लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् ।
उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा सोमबार मध्यान्न उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन् । आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए ।
.gif)

.png)

