ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका १७५ जना (नामसहित)


२०७६ माघ २२ बुधबार १९:५७ बजे


काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले ३ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको छ।

उनीहरूविरूद्ध आजै विशेष अदालतमा मुद्दा लगेको अख्तियारले जनायो। विशेष अदालतमा पेश भएको अभियोगपत्रका अनुसार, ललिता निवासको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्ने पूर्वमन्त्रीहरूमा गच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन् ।

आयोगले मुद्दा दायर गरेका १७५ जनाको नाम तलको सूचीमा हेर्नुहोसः

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७