प्रचण्ड-सीताको ५० औं वैवाहिक वर्षगाँठ


२२:०७ बजे

काठमाडौं, २६ बैसाख : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालसँग बिहीबार दोस्रोपल्ट बिहे गरेका छन् ।

प्रचण्ड र सीताबीच ५० औं वर्षगाँठका अवसरमा बाजागाजा र जन्तीसहित पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच पहिलो विवाह २०२६ साल वैशाख २६ गते भएको थियो ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सीता दाहालको स्वास्थ्योपचारमा मनोवैज्ञानिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए । प्रचण्ड निवास नजिकै सुनाकोठीमा भएको विवाह कार्यक्रम आयोजना गरिएको थियो । बुबा–आमाको दोस्रो विहेमा दुई छोरी, बुहारीको प्रसन्नता देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७