भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी


२०७६ बैशाख ७ शनिबार ११:४९ बजे

तनहुँ, ७ बैसाख । जङ्गलबाट ल्याएको भ्याकुर उसिनेर आएपछि तनहुँमा १० जना बिरामी परेका छन् ।

व्यास नगरपालिका–६ कलेस्तीस्थित जङ्गलबाट ल्याएको वन भ्याकुर खाँदा शुक्रबार बिरामी परेका व्यास १ गल्फुबेशीका १० जनाको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक कृष्ण बानियाले जानकारी दिए ।

बिरामी हुनेहरूमा ३५ वर्षीया सीता पहाडी, ३३ वर्षीया खुसी गुरुङ, १२ वर्षीया गिता गोदार, ४० वर्षीय माया राना, ३१ वर्षीया गुनुमाया गुरुङ, ४० वर्षीया चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ९ वर्षीया सम्पन्न गुरुङ, ५२ वर्षीय श्रीबहादुर गुरुङ र ३६ वर्षीया माया गुरुङ रहेको तनहुँ प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७