इजराइलको आक्रमणमा इरानी इन्टेलिजेन्स चिफ मारिए


२०८२ असार २ सोमबार १६:३४ बजे

काठमाडौं । इजराइलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफ मारिएका छन्। इरानको सरकारी मिडियाका अनुसार इस्लामिक रिभोल्यूशनरी गाड्र्स कोर (आईआरजीसी) का इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको हो। 

आईआरजीसीसँग जोडिएको तस्त्रीम न्युज एजेन्सी र इरानको सरकारी टेलिभिजनका अनुसार काजेमीबाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएका छन्। यसअघि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘तपाईलाई म यो भन्न सक्छु कि हामीले इरानका इन्टेलिजेन्स प्रमुख र उनका डिप्टीलाई मारेका छौं ।’

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबादेखि इजरायली आक्रमणमा परी २२४ जनाको मृत्यु भइसकेको छ । यता इरानले इजरायलमाथि फेरि मिसाइल प्रहार गरेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७