त्रिकोणात्मक टी–२० : नेपालले पहिलो खेल आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल आज (सोमबार) नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। यस्तै स्कटल्यान्डलाई पहिलो खेलमा १ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने २ रनले हारेको थियो। उता नेदरल्यान्ड्सलाई पहिलो खेलमा ४४ रनले हराएको घरेलु टोली दोस्रो खेलमा भने ४ विकेटले हारेको थियो ।
टी–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली बनाएको छ। टोलीमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह थपिएका छन्। टी–२० का लागि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने टोलीबाट दुई खेलाडी परिवर्तन गरिएका छन्। लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध खेलेका सोमपाल कामी र गुल्सन झा चोटका कारण टी–२० सिरिजमा सहभागी हुन नसक्ने भएका हुन्।