पूर्वमन्त्री शास्त्रीको निधन


२०८२ असार २ सोमबार १८:०७ बजे

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल) को निधन भएको छ। सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिएकी छन्। 

नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले गत वर्ष मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने बिपी कोइराला राष्ट्रिय पुरस्कार पाएका थिए। उनलाई सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार राजनीतिक दर्शनतर्फ पुरस्कृत गरिएको थियो। उनका दुवै छोराहरू देश बाहिर भएकाले स्वदेश फर्किएपछि मात्रै अन्तिम संस्कार गर्ने तयारी रहेको केन्द्रीय सदस्य भुसालले जानकारी दिइन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७