समाजलाई जिस्काइरहेको कीर्तिपुर महिला महोत्सवको त्यो मञ्च


२२:५१ बजे

काठमाडौं, २३ चैत : यही चैत २१ देखि २३ सम्म ‘कीर्तिपुर वुमेन्स फेस्टिभल २०७५’ अर्थात् ‘कीर्तिपुर महिला महोत्सव–२०७५’को आयोजना गरिएको छ । कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा ‘कीर्तिपुर महिला महोत्सव २०७५’ आयोजना गरिएको हो ।

महोत्वसको उद्देश्य हो, ‘कीर्तिपुरका महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको प्रर्दशनी गरेर महिलाहरुको उद्यममा प्रोत्साहित गर्नु ।’ अर्थात् महिलाहरुलाई प्रोत्साहित गर्नु । कीर्तिपुर नगरपालिकाको पुरानो बस्तीभित्र परेका वडा १, २, ३ व १० मा महोत्सव आयोजना भइरहेको छ ।

महोत्सवको उद्घाटन २१ चैत २०७५ मा भयो । तर, उद्घाटनमा एकजना महिला बाहेक सबै पुरुष देखिए ।

उपमेयर सरस्वती खड्का मात्रै मञ्चमा थिइन् । उनी नगरपालिकाको उपमेयर भएको कारण मञ्चमा थिइन् । तर, बाँकी सबै पुरुषहरु मात्रै थिए । उद्घाटनको कार्यक्रम सञ्चालनदेखि वत्ताहरु सबै पुरुष थिए ।

आलोचना


महोत्सवमा हस्तकला, साना उद्योग प्रदर्शनी, खाना स्टल, साँस्कृतिक प्रदर्शनी, बाजागाजा प्रदर्शनी छ । सांस्कृति कार्यक्रम पनि महिलाहरुले नै देखाए । तर, मञ्चमा पुरुषहरु मात्रै देखिएपछि सामाजिक सञ्जालमा तिव्र आलोचना भएको छ ।

सञ्चारिका समूकी निवर्तमान अध्यक्ष तथा वरिष्ठ पत्रकार निर्मला शर्माले यही तस्बिर राख्दै यसको आलोचना गरेकी छिन् । लेखेकी छिन्, ‘यसरी नै चलेको छ हाम्रो राज्य संरचना , यस्तै मन्चन टुलु टुलु हेर्नु बाहेक के छ बिकल्प ?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेतृ उषाकिरण तिम्सिनाले उद्घाटनको तस्बिर राख्दै यसको बिरोध गरेकी छिन् । लेखेकी छिन्, ‘आयोजकहरुले र यो मन्चमा बस्नेहरु सबैले अनुहारमा गोबर पोतेरै बस्नु भएको भए , ब्यानरमा लेखिएको कुरालाई व्यंग्य हुने थिएन ।’

पत्रकार टिका विष्टले यही तस्बिर राखेर यसको बिरोध गरेकी छिन् । उनले लेखेकी छिन्, ‘हेर्न बाँकी यही थियो ।’ लेखिका सावित्री गौतमले लेखेकी छिन्, ‘महिला महोत्सव’मा उपस्थित’ महिलाका श्रीमान’हरु होलान् !

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७