एटीएम सुविधा सहित लुक्लामा सिद्धार्थ बैंक


२०:२९ बजे

काठमाडाैं,चैत २१। सिद्घार्थ बैंकले सोलुखुम्बुको लुक्ला स्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्घार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीेमाझ सबै प्रकारका बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यस्तै बैंकको एटीएम र पीओएसमा मास्टर कार्ड र भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

साथै हालसाल बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७