२०७५ फागुन ३० गते बिहीबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुनर्मिलनको योग रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वैदेशिक क्षेत्र कमजोर रहला । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । प्रेमीको सहयोग पाइने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । अधुरा कामहरु पूरा हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्ने छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सोचेर मात्र कदम अगाडि बढाउनु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । मनोरञ्जनमा सहभागी भइएला । परिवारमा सुख सन्तोष छाउने छ । सन्तान पक्षको सहयोग मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउने छ । यात्रामा मालसामान हराउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट मान सम्मान पाइने छ । बोलीको प्रभाव बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । शुभकार्यको चर्चा चल्ने छ । आफन्तजनले भने सहयोग नगर्न सक्छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योग छ । रमाइलोमा नै दिन बित्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । ज्ञान सीपका कुरा सिक्ने अवसर मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जोश जाँगर र हिम्मत वढ्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । परिवारिक सद्भाव पनि बढ्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल