महिला टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट नेपालमा


२०८२ श्रावण १५ बिहीबार १४:२३ बजे

काठमाडौं । नेपालले आईसीसी महिला टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १६ तारिखका बीचमा आयोजना हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छन् । यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुने भएको छ ।

बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन् । एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ । अफ्रिका र युरोपबाट दुई–दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ ।

नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७