माओवादी नेता घर्ती चढेको गाडीमा बम विस्फोट, चालक घाइते


०२:०७ बजे
[caption id="attachment_10893" align="aligncenter" width="944"] फाइल तस्बिर[/caption]

पाल्पा: नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी आज साँझ पाल्पामा बम विस्फोट भएको छ ।

तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक घाइते भएका छन् । घर्तीसहित माओवादी कार्यकर्ता भने सकुशल रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए ।

माओवादी जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए । एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका–६, भरत श्रेष्ठ घाइते भएको छ । घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भएको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए। बम विस्फोट हुँदा ३४२५ नम्बरको लु१ज जिपमा क्षति पुगेको छ ।

घर्ती पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र ९ख० का वाम गठबन्धनका साझा उम्मेदवार हो । डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उनले दोभानतर्फको आफ्नो घर आउँदा बम विस्फोट भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७