सुनसरीमा बम विष्फोट, कांग्रेस दुई कार्यकर्ता गम्भीर घाइते


१४ मंसिर २०७४, बिहीबार
bom
bom
फाइल तस्बिर

सुनसरी: सुनसरीको इटहरी महानगरपालिका नौ भलादमी टोलमा बम विष्फोट भएको छ । कांग्रेसको सभालाई लक्षित गरि भएको विष्फोटमा दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरि इटहरी–९ भलादमी टोलमा बम विष्फोट गराइएको हो । विष्फोट भएको सभास्थलमा कांग्रेस उम्मेद्वार विजय गच्छेदार जाने कार्यक्रम रहेको थियो ।

घरदैलो कार्यक्रम सकेर गच्छेदार सभास्थलमा जाने तयारीमा थियो । विष्फोट भएपछि कार्यक्रम स्थगित गरिएको छ । विस्फोटमा परि घाइते हुनेहरुमा १ वर्षीय यौवन न्यौपाने, १६ वर्षिया सुम्रिन अधिकारी रहेका छन् भने ५० वर्षीया गीता आचार्य र ५० वर्षीय धनबहादुर श्रेष्ठ घाइते भएको जनाइएको छ । घाइतेहरुको धरानस्थित विपि कोइराला अस्पतालमा उपचार भइरहेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७