पुँजीबजार सुधारका लागि कार्यदल गठन

काठमाडौँ : सरकारले पुँजी बजारको विकसित विकृति अध्ययन गरी समस्या समाधान सँगै लगानीकर्ताको मनोबल अभिवृद्धिका लागि कार्यदल गठन गरेको छ ।
साताको कारोबारको अन्तिम दिन अर्थात् बिहीबार शेयर बजारमा नकारात्मक सर्किट लागेपछि अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार कार्यदल गठन गरेका हुन् । पूँजी बजारमा विकसित, विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका हुन् ।
कार्यदलको संयोजकमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसी छन् भने नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल कार्यदलको सदस्य छन् । साथै अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ ।
यो कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्य ]योजना ५ दिनभित्र अर्थ मन्त्रीसमक्ष बुझाउने जिम्मेवारी पाएको छ ।