कोठा खोज्दै रेष्टुरेन्ट पुगेकी युवतीमाथि ठमेलमा सामुहिक बलात्कार


२०७५ मङ्सिर १२ बुधबार १७:५३ बजे

काठमाडौं, १२ मंसिर । काठमाडौंको पर्यटकीय शहर ठमेलमा एक युवती सामुहिक बलात्कारको शिकार बनेकी छन् ।

काठमाडौं–२७ ठमेलस्थित एक चाइनिज रेस्टुरेन्टमा २२ वर्षीया युवती बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङलगायत छन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनास्थल नजिक रहेका तथा जबरजस्ती करणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्ने अन्यको भने नाम खुलाइएको छैन । क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टको रुटाफ रुपमा कोठा खोज्दै पीडित युवती पुगेकी थिइन् ।

त्यही क्रममा उनी बलात्कृत भएको भन्दै महागनरीय प्रहरी वृत्त, लैनचौरमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७