बूढानीलकण्ठ पुगेर रविसँग पाँच घण्टा बिताए प्रधानमन्त्री बालेनले
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्री शाह बिहीबार लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।
दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको लामिछानेका स्वकीय सचिव अविनास आचार्यले बताए । भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र सरकारका कामकारबाहीबारे लामिछानेलाई जानकारी गराएका थिए ।
छलफलका क्रममा संसद् बैठक आह्वान, संसद्मा पेस हुने विधेयक तथा अध्यादेशलगायत विषयमा पनि कुराकानी भएको आचार्यले जानकारी दिए ।
त्यसैगरी मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन र सरकारका गतिविधिबारे पनि दुई नेताबीच छलफल भएको थियो । रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण कार्यक्रमलगायत पार्टीका आन्तरिक विषयले पनि भेटमा स्थान पाएको आचार्यले बताए ।
.gif)

.png)




