भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत


२०८३ कार्तिक २७ शुक्रबार १८:३१ बजे

काठमाडौं : मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई उक्त रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले दुर्घटनामा घाइते भएकाहरूको मधेश प्रदेशका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले शोक प्रस्ताव पारित गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कात्तिक २८ गतेदेखि मधेश प्रदेशसभाको बैठक सुचारु गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेश मन्त्रिपरिषद्को यो पहिलो बैठक हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७