देउवा समूहको लुम्बिनी सभापतिमा रोज राणा


२०८३ मङ्सिर ८ मंगलबार ०७:३० बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।

दाङको देउखुरीस्थित पाखापानीमा सोमबार राति सम्पन्न समूहको दोस्रो प्रदेश अधिवेशनले थापालाई सभापतिमा चयन गरेको हो । देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले थापा सर्वसम्मत सभापति चयन भएको जानकारी दिए ।

प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित थापा प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन् । उनले पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी यसअघि नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापतिमा दुई कार्यकाल निर्वाचित भएका थिए ।

थापाको नेतृत्वमा लुम्बिनी प्रदेशमा देउवा पक्षको संगठन थप मजबुत हुने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।

अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन उद्घाटन समारोहमा शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा. प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भुपेन्द्र राई, केदार कार्की, जीतबहादुर शेरचन र मेखलाल श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७