झापा–५ को प्रारम्भिक नतिजा : बालेन्द्र शाहको अग्रता
काठमाडौं : झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ।
प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
कूल १ हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनमा विशेष चासोको केन्द्र बनेको छ ।
.gif)

.png)

