मुख्य सचिवमा एकनारायण अर्याललाई ल्याउने तयारी
काठमाडौं । एकनारायण अर्याललाई मुख्य सचिव बनाउने सरकारले तयारी गरेको छ । आज (बिहीबार) अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले अर्याललाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिँदै मुख्य सचिव बनाउन लागेको स्रोतले जानकारी दिएको छ ।
‘आज निमित्तको जिम्मेवारी दिने गरी तयारी छ, त्यसपछिको प्रक्रिया अनुसार अर्याल मुख्य सचिव बन्नुहुन्छ’, स्रोत भन्छ । हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन् । गत साउन १० गते नियुक्त उनी नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव हुन् ।
अर्याल हाल गृहसचिव छन् । अर्याललाई गृहबाट सरकारको मुख्य सचिव बनाउने तयारी गरिएको हो । अर्यालसहित डा. तोयनारायण ज्ञवाली र दिनेश भट्टराई पनि मुख्य सचिवको दाबेदार हुन् ।
.gif)

.png)




