राष्ट्रपति पौडेलले गरे काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरमा निर्माणाधीन महादेवटार सुरुङको ब्रेक थ्रु गरेका छन् ।
बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सुरुङको ब्रेक थ्रु गरेका हुन् । उनले जटिल भौगोलिक अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय पूर्वाधार निर्माणमा नेपाली सेनाले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।
.jpeg)
करिब ७१ किलोमिटर लामो द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं र तराई–मधेशबीचको आवागमन सहज हुने, यात्रा समय र दूरी घट्ने तथा इन्धन र सवारी सञ्चालन खर्चमा बचत हुने उनले बताए ।
यो आयोजना भौतिक पूर्वाधारमा मात्र सीमित नभई व्यापार, पर्यटन, पारवहन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा समेत महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलको भनाइ थियो ।
(1).jpeg)
उनले आयोजना समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना र सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि चीन र कोरियाका राजदूत तथा प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।
.gif)

.png)




