गाईतिहारमा राष्ट्रपति पौडेलले गरे गाईपूजा
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा शीतल निवासमा गाईको पूजा गरेका छन् ।
कात्तिक कृष्ण औँसीका दिन आज बिहान राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा विधिपूर्वक गाईको पूजा गरेका हुन् । उनले गाईलाई लक्ष्मीको प्रतीकका रूपमा आराधना गर्दै खानेकुरासमेत खुवाएका थिए ।
तिहारमा गाईलाई समृद्धि, सुख र सौभाग्यको प्रतीक मानेर पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ । नेपाली समाजमा गाईतिहारका दिन गाईको पूजा गरी सम्मान प्रकट गर्ने चलन रहिआएको छ ।
.gif)

.png)




