आज एमाले स्थायी कमिटी बैठक बस्दै
राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरिने
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठक दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
बैठकले राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिने एजेन्डा अनुमोदन गर्नेछ । साथै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा बनाउने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन् ।
.gif)

.png)




