पर्सामा पटका पड्काउँदा पाँच वर्षीय बालकको मृत्यु


२०८३ कार्तिक २३ सोमबार ०९:५१ बजे

पर्सा : पटका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ । पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।

सोमबार बिहान करिब ८ः३० बजे पटका पड्काउँदा बालकको छातीमा आगो लागेको थियो । गम्भीर रूपमा जलेर बेहोस भएका उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ।

तर उपचारकै क्रममा बालकको मृत्यु भएको उनका बुबा मखु सहनीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७