कर्णालीलाई ४ विकेटले हराउँदै काठमाण्डु गोर्खाजको पहिलो जित

राशिदको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा काठमाण्डुको पहिलो जित


२०८३ कार्तिक १६ सोमबार १६:३५ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । 

यो प्रतियोगितामा कर्णालीको पहिलो हार हो । कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाण्डुको जितमा राशिद खानले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५० रन बनाए । यसैगरी करण केसीले ४४, जहानदाद खानले अविजित २२, आदिल आलमले २० र डेभिड वार्नरले १६ रनको योगदान दिए । काठमाण्डुले अतिरिक्त १० रन पाएको थियो ।

बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई–दुई विकेट लिए । नन्दन यादव र मार्क वाटले एक–एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।

कर्णालीका अरिफुल इस्लामले २१ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन बनाए । हुसैन तलतले ४० र पवन सर्राफले अविजित ३० रन जोडे । गुलशन झाले ११ बलमा २० तथा मार्क वाटले १७ रन बनाए । कर्णालीले अतिरिक्त १३ रन पाएको थियो ।

काठमाण्डुका करण केसीले दुई विकेट लिए । शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक–एक विकेट लिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७