सुदूरपश्चिमले चितवनविरुद्ध पहिले बलिङ गर्ने, सिकन्दर राजाले गर्दैछन् कप्तानी


२०८३ कार्तिक १६ सोमबार १७:३४ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन् ।

चितवन राइनोजको कप्तानी भने आज जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले गर्दैछन् । उनी जिम्बाब्वेका लागि अफगानिस्तानविरुद्धको शृंखला खेलेर नेपाल आइपुगेका हुन् ।

यसअघि चितवनको कप्तानी रवि बोपाराले गर्दै आएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७