एनपीएल चलिरहँदा कीर्तिपुरमा वर्षा, मैदान त्रिपालले ढाकियो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षा हुन थालेको छ।
काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको पहिलो खेल सकिएलगत्तै मैदानमा छिटपुट वर्षा भएको हो।
वर्षा सुरु भएपछि मैदानलाई त्रिपालले ढाकिएको छ। बिहीबार साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच दोस्रो खेल हुने कार्यतालिका छ।
दोस्रो खेलअघि नै काठमाडौंको आकाश बादलले ढाकिएको छ। मैदानमा अँध्यारो बढेपछि फ्लडलाइटसमेत बालिएको छ।
वर्षा जारी रहे निर्धारित समयमा खेल सुरु हुने वा नहुने भन्नेबारे भने तत्काल स्पष्ट भइसकेको छैन।
.gif)

.png)



