एनपीएलमा आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज आइतबार एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
प्रतियोगितामा जनकपुर दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै जितको खाता खोलेको थियो ।
पोखरा भने प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित खेल्नेछ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको पोखरा अंकतालिकाको अन्तिम स्थानमा छ ।
हालसम्म एक जित र एक हार बेहोरेको जनकपुर पाँचौँ स्थानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसर हुनेछ ।
.gif)

.png)




