आज कोजाग्रत पूर्णिमा, लक्ष्मीको पूजा गरी दसैं बिदाइ गरिँदै
काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैँको समापनका रूपमा आज कोजाग्रत पूर्णिमा मनाइँदै छ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने गरिन्छ।
धार्मिक विश्वासअनुसार पृथ्वीको भ्रमणमा निस्किएकी महालक्ष्मी जाग्राम बसेका मानिसको घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दुर्गा पक्ष आज पूर्णिमासँगै समाप्त हुन्छ।
नवरात्र तथा दशैँको मुख्य उत्सव विजयादशमीका दिन सम्पन्न भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म कायम रहने धार्मिक मान्यता छ।
नेपाली समाजमा बडादशैँलाई पारिवारिक भेटघाट, मान्यजनबाट टीका तथा जमरा ग्रहण र आशीर्वाद लिने प्रमुख पर्वका रूपमा मनाइन्छ।
कोजाग्रत पूर्णिमासँगै यस वर्षको दशैँ पर्व औपचारिक रूपमा बिदाइ गरिन्छ।
.gif)

.png)



