वरिष्ठ उपसचिवदेखि सहायक चौथो गरी १८ कर्मचारीको जिम्मेवारी हेरफेर
काठमाडौं : मधेश प्रदेश सरकारले अधिकृत चौथो तहदेखि वरिष्ठ उपसचिवसम्मका १८ जना कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजका लागि विभिन्न निकायमा खटाउने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशका विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गर्न लागेको हो।
प्रस्तावित विवरणअनुसार नवौँ/दशौँ तहका एक जना, सातौँ तहका सात जना तथा सहायक चौथो/पाँचौँ र अधिकृत छैटौँ तहका १० जना कर्मचारी सरुवा तथा पदस्थापनको सूचीमा परेका छन्।
नवौँ/दशौँ तहका वरिष्ठ उपसचिव विपिनकुमार ठाकुरलाई मधेश प्रदेश सभा सचिवालयबाट प्रदेश सरकारी अभिलेखालय कार्यालयमा खटाउने प्रस्ताव गरिएको छ।
त्यस्तै, अधिकृत सातौँ तहका सात जना कर्मचारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय र कृषि ज्ञान केन्द्रलगायतका निकायमा खटाउने प्रस्ताव छ।
यसैगरी सहायक चौथो/पाँचौँ तथा अधिकृत छैटौँ तहका १० जना कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा सरसफाइसम्बन्धी निकायमा जिम्मेवारी दिने विवरणमा उल्लेख छ।
प्रस्तावित सूचीमा केही कर्मचारीलाई रिक्त पदमा पदस्थापन गर्ने र केहीलाई कामकाजका लागि अन्य निकायमा खटाउने व्यवस्था गरिएको छ। यसबाट प्रदेश सरकारअन्तर्गतका विभिन्न कार्यालयमा कर्मचारी व्यवस्थापन तथा जिम्मेवारी हेरफेर हुने देखिएको छ।
सूचीः



.gif)

.png)



