लगानी बोर्डले भन्यो : कर्मचारीलाई उपहार लिनेदिने कार्य स्वीकार्य छैन


२०८३ असोज ३० शुक्रबार २२:४७ बजे

काठमाडौँ : लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको दाबी गरेको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले असोज २९ गते आफ्नो जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको जनाएको छ।

कार्यालयका अनुसार बिहीबार दिउँसो २ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारीहरू बैठकमा रहेका बेला एक युट्युब च्यानलका व्यक्ति अनुमति नलिई कार्यालय प्रवेश गरी भिडियो खिचेका थिए।

ती व्यक्तिले कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोपसहित भिडियो प्रसारण गरेको कार्यालयको भनाइ छ।

कार्यालयका सहसचिव एवं प्रवक्ता भुपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले कुनै पूर्वजानकारी वा अनुमति नलिई मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए। उक्त घटनालाई कर्मचारीले अनुचित उपहार लिएको रूपमा प्रस्तुत गर्नु गलत भएको कार्यालयले जनाएको छ।

कार्यालयले कर्मचारीका लागि कुनै पनि प्रकारका उपहार लिनेदिने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, भ्रामक प्रचारमार्फत कर्मचारीको मानमर्दन गर्ने र मनोबल गिराउने गतिविधि रोक्न आग्रह गरेको छ।

यस्ता गतिविधि नरोकिए आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिँदै कार्यालयले सुशासन कायम गर्ने सरकारी अभियानप्रति आफ्नो प्रतिबद्धता रहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७