प्रस्तावित १३ राजदूतविरुद्ध ७ उजुरी

असोज २६ देखि संसदीय सुनुवाइ हुने


२०८३ असोज २० मंगलबार १२:२८ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ।

मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिविरुद्ध तोकिएको समयसीमाभित्र ७ वटा उजुरी दर्ता भएका छन्। 

प्राप्त उजुरीलाई अध्ययन तथा छानबिनको दायरामा राखेर सुनुवाइ प्रक्रिया अघि बढाइएको संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए। केही उजुरीमाथि समितिले छुट्टै छानबिनसमेत गर्नुपर्ने अवस्था देखिएको उनले बताए। 

१३ प्रस्तावित राजदूतविरुद्ध परेका ७ उजुरीमध्ये २ वटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर सामूहिक रूपमा दर्ता भएका छन्। बाँकी ५ वटा उजुरी भने छुट्टाछुट्टै प्रस्तावित राजदूतलाई लक्षित गरेर परेका छन्।

संसदीय सुनुवाइ समितिले उजुरीकर्ताले उठाएका विषय, प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना तथा व्यक्तिगत पृष्ठभूमिको अध्ययन गरेपछि नियुक्तिका लागि अनुमोदन गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७