कांग्रेसमा थपिए ७ पदाधिकारी, २४ पुग्यो पदाधिकारी संख्या


२०८३ असोज १९ सोमबार १३:२४ बजे

काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाएर २४ पुर्‍याएको छ। 

१५औँ महाधिवेशनको मुखमा सोमबार काठमाडौँको खुलामञ्चस्थित महाधिवेशन स्थलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेको हो। यसअघि कांग्रेसमा १७ जना पदाधिकारी रहने व्यवस्था थियो। 

नयाँ व्यवस्थाअनुसार अब सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति तीन, महामन्त्री तीन, सहमहामन्त्री १४ र कोषाध्यक्ष एक रहनेछन्। 

नयाँ संरचनाअनुसार कांग्रेसमा उपसभापति र महामन्त्रीको संख्या तीन–तीन पुगेको छ भने सहमहामन्त्रीको संख्या १४ पुर्‍याइएको छ। कोषाध्यक्षसहित तीन जना सहमहामन्त्री भने मनोनित हुने व्यवस्था कायमै राखिएको छ।

केन्द्रीय कार्यसमितिको यो निर्णय महाधिवेशनको बन्द सत्रबाट पारित भएपछि मात्र औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। तर, नयाँ व्यवस्था गरिएका पदमा समेत उम्मेदवारी दिन सकिने गरी कांग्रेसले निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ।

कांग्रेसले मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ। महाधिवेशनको उम्मेदवारी दर्ताकै पूर्वसन्ध्यामा पदाधिकारीको संरचना विस्तार गर्ने निर्णय भएपछि नयाँ थपिएका पदमा आकांक्षीहरूलाई समेत प्रतिस्पर्धाको बाटो खुलेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७