आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न रास्वपा सांसद सुनारको माग


२०८३ भदौ २६ शुक्रबार १५:२६ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोपकै आधारमा तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा नेपाल प्रहरी प्रमुखमाथि गम्भीर भ्रष्टाचारका आरोप लाग्दासमेत कारबाही नगरिएको भन्दै प्रश्न उठाए। उनले आईजीपी कार्की, उनकी श्रीमती तथा उच्च प्रहरी अधिकारीहरूमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको र यससम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म पुगेको दाबी गरे। 

सुनारले प्रहरीका तल्लो तहका कर्मचारीका लागि खरिद गरिने जुत्ता, मोजालगायतका सामग्रीमा समेत अनियमितता गरेको आरोप कार्कीमाथि लागेको बताए। ‘यो सरकार कार्कीलाई बर्खास्त किन गरिरहेको छैन ? उहाँमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। उनले आईजीपीमाथि लागेका आरोपलाई गम्भीर रूपमा लिएर आवश्यक छानबिन अघि बढाउनुपर्नेमा जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७