विदेश लैजान लागेको ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद
काठमाडौं : विदेश लैजान लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ।
विमानस्थल प्रहरीका अनुसार यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनबाट जाँच गर्दा शंकास्पद देखिएपछि खानतलासी गरिएको थियो। खानतलासीका क्रममा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेला परेको हो।
प्रहरीले विभिन्न ब्रान्डका ७२० प्याकेट चुरोट तथा ‘जित’, ‘सुपर पावर’, ‘भोला’, ‘मेघाश्री’ र ‘करेन्ट’ गरी ६९ पोका सुर्तीजन्य पदार्थ बरामद गरेको जनाएको छ। बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए।
.gif)

.png)
