आसिफको शतक, यूएईलाई ३१४ रनको लक्ष्य
काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएको फाइनल खेलमा नेपालले यूएईलाई ३१४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले शतक तथा गुल्सन झाले अर्धशतक बनाए।
आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रन जोडे। अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौकासहित ४३ रन बनाए। कप्तान रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ तथा बसिर अहमदले १५ रन बनाए।
बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए। खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले १/१ विकेट लिए। फाइनल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।
.gif)

.png)

