मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रहरीको आग्रह


२०८३ भदौ २२ सोमबार १६:३१ बजे

गोरखा : गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि मनास्लु र लार्केपास क्षेत्रको पदयात्रा तत्काल रोक्न नेपाल प्रहरीले आग्रह गरेको छ। आइतबार बिहान करिब ३ः३० बजे थेराङखोलामा आएको भीषण बाढीले चुमनुव्री गाउँपालिका–२ र ४ जोड्ने फलामे पुल तथा गापदेखि नामरुङ जङ्गलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ।

दुवै पुल बगेपछि उक्त क्षेत्रमा आवतजावत प्रभावित भएको छ। पदमार्गमा रहेका पर्यटक तथा स्थानीयको आवतजावतसमेत जोखिमपूर्ण बनेको भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको हो। जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना जारी गर्दै मनास्लु तथा लार्केपास पदमार्गमा यात्रा गरिरहेका र यात्रा गर्ने तयारीमा रहेका स्वदेशी तथा विदेशी पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न तथा नगराउन अनुरोध गरेको छ।

प्रहरीले पदयात्राका क्रममा अलपत्र परेका पर्यटकको उद्धार, आपत्कालीन समन्वय तथा आवश्यक जानकारीका लागि विभिन्न निकायका सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।  प्रहरीले पदमार्गको अवस्था सामान्य नभएसम्म जोखिम मोलेर यात्रा नगर्न र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।

आपत्कालीन सम्पर्क नम्बर :

  • जिल्ला प्रहरी कार्यालय, गोरखा: +९७७ ९८६०५५५५५, +९७७ ९८५६०६११९०
  • जिल्ला प्रशासन कार्यालय, गोरखा: +९७७ ९८५६०५७७७७, +९७७ ९८५६०५७७७८, +९७७ ९८५६०५७७८०
  • जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), गोरखा: १२३४, ९७४८४३०२००, ९८६७१७३६९४
  • नेपाल प्रहरी हटलाइन: १००
  • पर्यटक प्रहरी: ११४४

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७