भोटेकोशी विपत्तिका प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढी तथा विपत्तिबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
अर्घाखाँची सिमेन्टले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्वसँगै मानवीय कर्तव्यसमेत भएको जनाएको छ।
कम्पनीले उपलब्ध गराउने सहयोगबाट विपद्बाट प्रभावित परिवारको पीडामा केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आगामी दिनमा पनि सक्दो सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।
भोटेकोसी विपत्तिमा ज्यान गुमाउनेप्रति अर्घाखाँची सिमेन्टले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। कम्पनीले घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।
.gif)

.png)

